PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त २७ वर्षपछि परे पक्राउ



ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त २७ वर्षपछि परे पक्राउ

सुर्खेत : ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। सिम्ता गाउँपालिका-४ का ६६ वर्षीय कुशल बहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले माघ १४ गते पक्राउ गरेको हो।

सुर्खेत जिल्ला अदालतको २०५१ असार ९ गतेको आदेशले ७ वर्ष कैद सजाय तोकिएका ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त खत्रीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा अभियुक्त खत्रीलाई पक्राउ गरिएको र जिल्ला अदालतमा उपस्थित गराइएको इन्सपेक्टर कनक शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell