PahiloPost

Oct 6, 2024 | २० असोज २०८१

आलटाल नगरी एमसीसी पारित गरौं : बाबुराम, 'यो प्रकरण रूढिवादी कम्युनिस्टका लागि घाँटीको हाड नबनोस्'



आलटाल नगरी एमसीसी पारित गरौं : बाबुराम, 'यो प्रकरण रूढिवादी कम्युनिस्टका लागि घाँटीको हाड नबनोस्'

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसद्बाट सर्वसम्मतिले पारित गर्नु पर्ने बताएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्षसमेत रहेका डा भट्टराईले सबै एकमुख भएर जनतालाई यसबारे बुझाउनुपर्ने धारणा राखे।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले यसरबारे आलटाल गर्न नहुने बताएका छन्। 'एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं,' बाबुरामले लेखेका छन्, 'सबै एकमुख भएर जनतालाई बुझाऊॅ।'

एमसीसी पारित नभए सत्ता गठबन्धन टुट्ने चर्चा चलेकै बेला बाबुरामले यस्तो बताएका हुन्। उनले यही बहानामा सत्ता गठबन्धन टुट्न नहुनेसमेत उल्लेख गरेका छन्। 'यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाँटीको हाड नबनोस्। देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्। शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell