PahiloPost

Jul 3, 2024 | २० असार २०८१

दुर्गेश थापाको 'पैसा' प्रसारण रोक्न माग, महिलालाई वस्तुकरण गरिएकोमा आपत्ति



दुर्गेश थापाको 'पैसा' प्रसारण रोक्न माग, महिलालाई वस्तुकरण गरिएकोमा आपत्ति

काठमाडौं : वैज्ञानिक समाजवादी महिला संगठनले गायक दुर्गेश थापाको पैसा गीत प्रसारण बन्द गर्न माग गरेको छ। थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको हो। संगठनले विज्ञप्ति जारी गरी हालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो।

'कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो,' संयोजक धनकुमारी सुनारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell