PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

शितकालीन ओलम्पिकका ३७ अफिसियलहरुमा देखियो कोभिड संक्रमण



शितकालीन ओलम्पिकका ३७ अफिसियलहरुमा देखियो कोभिड संक्रमण
Photo: Carl Court/Getty Images

ओलम्पिक गेम्ससँग सम्बन्धित ३७ जनामा कोभिड-१९ संक्रमण देखिएको बेइजिङ २०२२ शितकालीन ओलम्पिक्सका आयोजक समितिले जानकारी दिएको छ

तीमध्ये ८ जना खेलाडी र टिम अफिसियलहरु रहेको रोयटर्सले जनाएको छ। आइतवार एयरपोर्टमा उत्रिएपछि परीक्षण गर्दा उनीहरुमा कोभिड संक्रमण पुष्टि भएको हो।

३७ जनामध्ये २८ जनाको एयरपोर्टमा संक्रमण पुष्टि भएको हो भने बाँकी ‘क्लोज्ड लुप’मै रहेका व्यक्तिहरुमा देखिएको छ। चीनले ओलम्पिकको लागि ‘क्लोज्ड लुप’को अवधारण ल्याएको छ, जसमा रहेका  ब्यक्तिहरु बाहिरी दुनियाँको सम्पर्कमा आउन पाउँदैनन्।

मेनल्यान्ड चीनमा ३० जनवरीसम्ममा ५८ नयाँ कोभिड-१९ केसहरु देखिएको नेशनल हेल्थ अथोरिटीले सोमवार जानकारी दिएको छ। जुन अघिल्लो दिनको ८१ केसबाट घटेको हो।

स्वास्थ्य आयोगका अनुसार कुल संक्रमणमध्ये ४० वटा केस स्थानीय संक्रमण हुन् भने १८ केस बाहिरबाट आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell