![पश्चिमी वायुको प्रभाव बढ्ने, यस्तो छ आजको मौसम विश्लेषण](https://pahilopost.com/assets/upload/contentthumb/chiso1.jpg)
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण चिसो झनै बढेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बुधबार रातीबाट यसको प्रभाव अझ बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। त्यसैगरी प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी राति प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने महाशाखाले जनायो। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।