वीरगंज : बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। मंगलवार चन्द्रपुर नगरपालिका-५ बस्ने २२ वर्षीय प्रदीप चौधरी बाघको आक्रमणमा परी घाइते भएका हुन्।
उनको चन्द्रपुरकै अस्पतालमा उपचार भइरहेको स्थानीय जितेन्द्र चौधरीले बताए। चौधरीको हात र पेटमा घाउ लागेको छ।
विगत ६ महिनामा रौतहटमा बाघको आक्रमणबाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन्। गत माघ ४ गतेदेखि दुई साताको लागि बन क्षेत्रमा क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणनाको काम भइरहेको हो।
उक्त अवधिमा बन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ। यसअघि पनि रौतहटको धन्सर खोला पूर्व, गैँडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर लगायतका बन क्षेत्रमा १७ जोडी क्यामेरा जडान गरी बाघ गणना गरिएकोमा रौतहटमा ४ वटा बाघको बासस्थान भएको भेटिएको थियो।