PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

जनमत पार्टीका कार्यकर्ताले गरे ट्याङ्करमा तोडफोड, १३ जना पक्राउ



जनमत पार्टीका कार्यकर्ताले गरे ट्याङ्करमा तोडफोड, १३ जना पक्राउ

जनकपुरधाम : डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लोकमार्ग अवरुद्ध गर्ने क्रममा सिरहामा एउटा तेल ट्याङ्करमा तोडफोड गरेका छन्। मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्याङ्करमा उनीहरूले तोडफोड गरेका हुन्।

जिल्लाको नरहा गाउँपालिका-३ नयाँ चोहर्वामा उनीहरूले ढुंगामुढा गर्दा ट्याङ्करको अगाडिको सिसा फुटेको छ। आन्दोलनकारीहरू गाडी तोडफोड गरेर भाग्ने क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो।

ढुंगामुढा गर्ने जनमतपार्टीका १३ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell