PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बेइजिङ ओलम्पिक २०२२ : 'बायो बबल'भित्रको जिन्दगी



बेइजिङ ओलम्पिक २०२२ : 'बायो बबल'भित्रको जिन्दगी
फोटो : Getty Images

रोबोटले पेय पदार्थ सर्भ गरिरहेको छन्। तापक्रमलाई नियन्त्रणमा राख्न यन्त्रहरु जडान गरिएका छन्। संक्रमणको जोखिम कम गर्न सबै तिर ‘डिसइन्फेक्ट’ कार्य भइरहेको छ।

चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक सुरु हुँदै गर्दा ओलम्पिक खेलाडीहरू, अधिकारीहरू र कार्यक्रमलाई कभर गर्ने मिडियाहरूले आगामी केही हप्तासम्म देखिइरहने दैनिक दृश्यहरू हुन् यी। ती व्यवस्थाहरुलाई हेर्दा लाग्छ - बेइजिङ ओलम्पिक हालसम्म आयोजित सबैभन्दा नियन्त्रित अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम बन्नेछ।

अघिल्लो वर्ष टोकियोमा सम्पन्न ओलम्पिकले कोभिड१९ महामारीका बिच पनि ठूलो खेलकुद प्रतियोगिता गराउन सकिन्छ भन्ने देखायो। अहिले चीन भने आफ्नो सबै शक्ति प्रयोग गरेर ‘भाइरस फ्रि’ प्रतियोगिता गराउने तयारीमा जुटेको छ।

ओलम्पिक आयोजना हुने सबै क्षेत्रलाई ‘बायो बबल’ मा राखिएको छ। ‘बायो बबल’ रहने 'क्लोज लुप' क्षेत्रमा खेलाडी, अफिसियल, मिडिया, स्वय‍म‌‍‍‍‍‍‍‍‍सेवकलगायत ६० हजारभन्दा बढीको उपस्थिति रहनेछ।

ओलम्पिकका लागि १६० किलोमिटरको क्षेत्रमा फैलिएको तीन वटा मुख्य द्वार भएको 'बबल' क्षेत्र तोकिएको छ। प्रत्येक 'बबल' खेलकुद स्थलको वरिपरि केन्द्रित हुन्छ र तोकिएको यात्रा लेनहरू मार्फत जोडिएको हुन्छ। होटल, सम्मेलन केन्द्र, कामदार आवास र अन्य सुविधाहरू त्यहीँ नै समेटिनेछ।

'त्यहाँ उपस्थितले खाँदा र आफ्नो कोठामा बस्दाबाहेक मास्क लगाउन अनिवार्य गरिएको छ। साथै सामाजिक दुरी कायम गर्नुपर्ने हुन्छ' बबलभित्रको जीवनशैलीबारे बीबीसीका टिमले भनेका छन्।

'बबल' भित्र रहनेहरुले हरेक दिन पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। परीक्षणका सबै नतिजा खेलको ‘माइ २०२२ एप’मा रेकर्ड हुन्छ।

'कोभिड१९ संक्रमण पोजेटिभ नभए नतिजा भनिँदैन। अर्थात त्यहाँ कुनै समाचार आए 'गुड न्युज' हुँदैन' बीबीसी रिपोर्टर प्रतिक्षा घिल्डिअलले भनेकी छिन्।

शीतकालिन ओलम्पिकका लागि १० हजार बढी मानिस बेइजिङ पुगिसक्दा करिब ३०० कोभिड१९ संक्रमणका केस बाहिर आएका छन्। जसमा आधाभन्दा कम 'क्लोज्ड लुप' मा भेटिएका छन्।

कोभिड१९ संक्रमण पाइएका खेलाडी वा अफिसियललाई आइसोलेसनमा राखिनेछ र रिपोर्ट नेगेटिभ आए ‘बबल’मा जान दिइनेछ। चिनियाँ अधिकारीहरुले आफ्नो लक्ष्य शुन्य कोभिड संक्रमणभन्दा पनि यसको शुन्य फैलावट रहेको बताएका छन्।

खेलस्थलमा सरसफाइका कर्मचारीहरु निरन्तर हुन्छन। रोबोटहरु निरन्तर घुमिरहेका हुन्छन् र डिस्इन्फेक्ट गरिरहेका हुनेछन्। प्रेस कन्फ्रेन्सको क्रममा पनि स्वयमसेवकहरुले बिचबिचमा माइकलाई डिस्इन्फेक्ट गरिरहेका हुनेछन्। त्यस्तै मानिस-मानिस बिच 'कन्ट्याक्ट' घटाउन विभिन्न उपकरणहरुको समेत प्रयोग गरिनेछ। भान्सादेखि बारसम्म रोबोटको प्रयोग गरिएको छ।

'गुलाबी र सेता रोबोटहरु मानिसहरुको तुलनामा कुशल देखिन्छन्,' घिल्डिअलले भनेकी छन्, 'रोबोटबाट अर्डर गर्ने मेरा सहकर्मीहरूले मैले मानवबाट अर्डर गरेको भन्दा धेरै छिटो सेवा पाए।'

त्यस्तै शताब्दीभन्दा पुरा परम्परागत रातो सजावट तथा अन्य सांस्कृतिक कुराहरुलाई ‘प्रोमोट’ गरिएको उनले बताएकी छिन्।

स्थानीय स्वयंसेवकहरू पनि निर्देशन दिन र मद्दत गर्न वरपर हुनेछन्। तिनीहरू बबलको आकर्षक होटलहरूमा नभएर नजिकैको छात्रावास शैलीको आवासमा बस्छन्।

कामका लागि बबलमा प्रवेश गर्नुभन्दा तीन हप्ताअघि क्वारेन्टाइनमा बसेका धेरै युवाहरु छन् जसले परिवारसँग चिनियाँ नयाँ वर्ष मनाउन पाएनन्।

रिपोर्टर एलेक्स क्यापस्टिक नवौं पटक ओलम्पिकमा पुगेका छन्। यसअघि टोकियोमा अनिवार्य परीक्षण र मास्क लगाउने नियम थियो। उनले टोकियो र बेइजिङको ओलम्पिकको तुलना गरेका छन्।

'टोकियोमा हामीले हाम्रो होटेलबाट स्थानीय सेभेन इलाभेन क्षेत्रसम्म हिँड्ने अवसर पायौं र १४ दिनपछि हामीलाई जहाँ चाह्यो खान र पिउन अनुमति दिइयो,' उनले भने, 'बेइजिङमा त्यस्तो केही पनि छैन। होटल, बस, खेल स्थल, यही हो। त्यहाँबाट बाहिर निस्कने कुनै बाटो छैन त्यसैले यसलाई 'क्लोज्ड लूप' भनिन्छ।'

केहीले यस्तो नियन्त्रित घर ‘इन्डिभिजुअल’ गेमको तयारीमा रहेको खेलाडीका लागि उपयोगी हुने तर्क गरेका छन्। केहीले भने उत्सवका रुपमा लिइने  ओलम्पिकको विशेषताभन्दा टाढा रहेको भन्दै आलोचना पनि गरेका छन्।

बेइजिङको चिसो तापक्रमले पनि मानिसहरूलाई भित्र राख्छ।

'हामी भिज्न सक्ने घामको हरेक किरणको स्वाद लिन्छौं। मुख्यतया जब हामी हाम्रो शटल बसमा हिँड्छौं,' घिल्डिअल भन्छिन्।

'बितेको दशकमा चीनको उदयको बारेमा यति धेरै भनिएको छ कि म अग्लो भवनहरू, तिनीहरू भित्र बस्ने र काम गर्ने मानिसहरू र यहाँको जीवनका अन्य साना झलकहरू हेरेर मोहित नहुन सक्दिन,' घिल्डिअल भन्छिन्, 'म बबल भित्र बसेर हरेक दिन त्यो २० मिनेटको सवारीको लागि तत्पर छु र यो वास्तविक बेइजिङ हेर्ने मेरो लागि मौका हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell