भारतको पुणेमा बिहीवार राति निर्माणाधीन भवनमा दुर्घटना हुँदा ७ जना मजदुरको मृत्यु भएको छ। घटनामा परी ३ जना गम्भीर घाइते भएको भास्कर अनलाइनले जनाएको छ। घाइतेहरुलाई अस्पताल लगिएको छ। घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु: ख व्यक्त गरेका छन्।
Pained by the mishap at an under-construction building in Pune. Condolences to the bereaved families. I hope that all those injured in this mishap recover at the earliest: PM @narendramodi
— PMO India (@PMOIndia) February 4, 2022
भवनको माथिल्लो तल्ला ढलानका लागि रडहरु बिच्छाइएको थियो। उक्त रडहरु एकैसाथ खस्दा मजदुरहरुको मृत्यु भएको बताइएको छ। मृतक मजदुर अधिकांश विहारको भएको त्यहाँको ट्राफिक प्रहरी कमिसनर राहुल श्रीरामले बताएका छन्।