PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

चन्द्रगिरी, सिमभञ्ज्याङलगायत पहाडी क्षेत्रमा वर्षाका साथै हिमपात



चन्द्रगिरी, सिमभञ्ज्याङलगायत पहाडी क्षेत्रमा वर्षाका साथै हिमपात
हिउँ परेपछि मकवानपुरको सिमभञ्ज्याङ क्षेत्र। फोटो : विनोद लामा थिङ

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं वरपरका पहाडी क्षेत्रमा समेत बिहान हिमपात भएको थियो।

काठमाडौंको चन्द्रगिरी, चम्पादेवी, मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा बिहानसम्मै हिउँ परेको स्थानीयले बताएका छन्। बिहीवार राति उपत्यकामा वर्षासमेत भएको थियो। उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा केही दिन अझै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell