सुर्खेत : जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत जिल्ला अदालतले २०७१ चैत १२ गते जबरजस्ती करणी उद्योगमा दुई वर्ष ५ महिना ९ दिन कैद सजाय तोकको सिम्ता गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय भुपेन्द्र खत्रीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कनक शाहीका अनुसार फरार खत्रीको खोज तलास गर्ने क्रममा घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
झण्डै सात वर्षपछि पक्राउ परेका खत्रीलाई आवश्यक कारबाहीका लागि अदालतमा पठाएको प्रहरीले बताएको छ।