PahiloPost

May 15, 2024 | २ जेठ २०८१

प्रदेश १ को मन्त्रिपरिषद् बन्यो १४ सदस्यीय, आज ८ मन्त्रीले लिए शपथ



प्रदेश १ को मन्त्रिपरिषद् बन्यो १४ सदस्यीय, आज ८ मन्त्रीले लिए शपथ

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको मौजुदा ६ सदस्यीय मन्त्रिपरिषद्मा ८ मन्त्री थपेर १४ सदस्यीय बनाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आइतवार अपराह्न ८ मन्त्रीलाई सामूहिक शपथ ग्रहण गराएपछि प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको हो।

जसअनुसार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट तीन/तीन तथा नेकपा (माओवादी केन्द्र)बाट २ जना मन्त्री थपिएका छन्। आइतवार शपथ ग्रहण गर्ने मन्त्रीमा कांग्रेसबाट उद्योग, श्रम तथा रोजगार मन्त्री ओमप्रकाश सरावगी, बन वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रताप प्रकाश हाङ्गगाम छन्।

त्यस्तै, एकीकृत समाजवादीबाट सामाजिक विकास मन्त्री राजन राई, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा (लिम्बू) र यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रकाश घिमिरे छन्।

माओवादी केन्द्रबाट खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई र कृषि मन्त्री झलक बहादुर मगरले शपथ ग्रहण गरे। अब प्रदेशमा मुख्यमन्त्री राजेन्द्र राईसहित १२ मन्त्री र १ राज्यमन्त्री भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell