PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल जारी



बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल जारी
फोटो : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी छ।

दिउँसो ४ बजेबाट तीन नेताबीचको छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। तीन नेताबीच अमेरिकी मिलिनियम च्यालेन्ज (एमसीसी) र स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ।

गत मंगलवारमात्र सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते निर्वाचन गर्न सहमति भएको थियो। यद्यपि, सरकारले स्थानीय तहको मिति भने तोकेको छैन।

यसैगरी, एमसीसी परियोजनालाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्र र एमसीसीले दुई नेतालाई पठाएको जवाफी पत्र सार्वजनिक भएसँगै राजनीतिक माहोल तातेको छ। यो विषयमा आज बालुवाटारमा तीन नेताबीच छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतको परमादेशबाट देउवा असार २९ गते प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष ‌ओली पहिलोपटक बालुवाटार पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell