PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

खोपको विवरण प्रणालीमा यथाशिघ्र प्रविष्ट गर्न जिल्ला र स्थानीय तहलाई मन्त्रालयको निर्देशन



खोपको विवरण प्रणालीमा यथाशिघ्र प्रविष्ट गर्न जिल्ला र स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण डीएचआइएस-२ प्रणालीमा प्रविष्ट गर्न बाँकी रहेका जिल्लाहरुलाई यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो।

माघ २१ गतेसम्ममा ७१ जिल्ला र ६४४ स्थानीय तहहरुबाट विवरण आएको र ६ जिल्ला तथा १०९ स्थानीय तहबाट विवरण आउन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

गत माघ १६ गते बसेको स्वास्थ्य तथा जनसंख्यामन्त्रीस्तरको निर्णय अनुसार कोभिड-१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णय अनुसार खोपको विवरण प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सार्वजनिक सूचना जारी गरिएको थियो।

साथै, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्ला स्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरुलाई मन्त्रालयले माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्रिएका वा अन्य कुनै कारणवश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरण समेत माघ २६ गते दिउँसो ३ देखि ४ बजेसम्ममा प्रणालीमा अनिवार्य प्रविष्ट गर्न भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell