PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३० गते गर्ने सरकारको निर्णय



स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो। यसअघि आयोग र सरकारबिच जेठ ४ गते निर्वाचन गर्ने विषयमा सहमति भएको थियो। 

आइतवार स्थानीय निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको थियो। बैठकमा नेताहरुबिच आयोगले सिफारिस गरेको समयभित्रै निर्वाचन गर्ने विषयमा छलफल भएको थियो।

राजनीतिक दलबिच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदैआएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell