PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

क्रिस्टियानो रोनाल्डोको इन्स्टाग्राममा ४० करोड बढी फलोअर्स



क्रिस्टियानो रोनाल्डोको इन्स्टाग्राममा ४० करोड बढी फलोअर्स
Photo: STEPHEN MCCARTHY/SPORTSFILE

फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा किशोरकिशोरीदेखि युवायुवतीलाई लत नै लागेको छ। २०२१ को डिसेम्बरसम्ममा इन्स्टाग्रामका प्रयोगकर्ता २ बिलियन (२ अर्ब) बढी पुगिसकेको बताइएको छ।

पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति बनेका छन्। उनलाई इन्स्टाग्राममा ४०० मिलियन (४० करोड) बढिले फलो गरेका छन्। विश्व फुटबलमा हासिल गरेको कीर्तिमानी र उपलब्धिका कारण इन्स्टाग्राममा फ्लोअर्सको संख्या बढ्दै गएको छ। सबैभन्दा बढी फलोअर्स इन्स्टाग्रामको आफ्नै अकाउन्टको छ तर रोनाल्डो चार सय मिलियन फलोअर्स भएका विश्वका पहिलो व्यक्ति हुन्।

त्यसैगरी धेरै फलोअर्स भएको दोस्रो स्थानमा अमेरिकन मोडेल काइली जेनर परेकी छिन्। उनलाई इन्स्टाग्राममा ३०९ मिलियन (३० करोड ९० लाख) बढीले फलो गरेका छन्। चर्चित मोडेल काइली सञ्जालमा ग्लायमर फोटोहरु सेयर गर्छिन्। जसकारण पनि उनी चर्चामा छाउने गर्छिन्।

अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेसीका पनि निकै फ्यानहरु छन्। मेसीलाई पनि इन्स्टाग्राममा ३०६ मिलियन (३० करोड ६० लाख) बढीले फलो गरेका छन्। उनी इन्स्टाग्राममा धेरै फलोअर्स भएको व्यक्तिको तेस्रो स्थानमा छन्।

चौँथोँ स्थानमा भने हलिउड अभिनेता ड्वाइने जोनसन ‘द रक’ छन्। उनी वर्ल्ड च्याम्पियन रेसलर समेत हुन्। रेस्लिङबाट रिटायर्ड भएपछि हलिउडमा लागेका उनलाई इन्स्टाग्राममा २९५ मिलियन (२९ करोड ५० लाख) भन्दा बढी मानिसहरुले फलो गरेका छन्। उनले फास्ट एण्ड फ्युलियस, रेड नोटिस,  द मम्मी,  साउथ ल्यान्ड टेल्स जस्ता फिल्महरुमा अभिनय गरिसकेका छन्।

पाँचौ स्थानमा भने अमेरिकन गायिका तथा अभिनेता सेलेना गोमेज छिन्। उनलाई पनि इन्स्टाग्राममा २९५ मिलियन (२९ करोड ५० लाख) बढी प्रयोगकर्ताले पछ्याएका छन्। साथै, उनले विभिन्न कार्यक्रमहरु पनि निर्माण गरिसकेकी छिन्।

छैटोँ स्थानमा पनि अमेरिकन गायिका एरियना ग्रान्डे छिन्। उनका २९४ मिलियन (२९ करोड ४० लाख) बढी फ्लोअर्स रहेका छन्। उनी गीत गाउनुका अभिनय पनि गर्छिन्। उनले टिभी शो द भ्वाइस,  फिल्म भिक्टोरियस, स्याम एण्ड क्याट जस्ता फिल्महरुमा समेत काम गरिसकेकी छिन्।

किम कार्दशियनलाई पनि इन्स्टाग्राममा २८४ मिलियन (२८ करोड ४० लाख) बढीले फलो गरेका छन्। उनी एक अमेरिकी मिडिया पर्सनालिटीका साथै मोडेलर व्यवसायी हुन्। उनी इन्स्टाग्राममा धेरै फलो गरिएका व्यक्तीको सातौँ स्थानमा परेकी छिन्।

अमेरिकी गायिका तथा रचनाकार बियोन्से धेरै फलोअर्स भएको आठौँ स्थानमा छिन्। उनलाई इन्स्टाग्राममा २३७ मिलियन (२३ करोड ७० लाख) बढीले फलो गरेका छन्। त्यसैगरी नवौँ स्थानमा भने क्यानडाका चर्चित गायक जस्टिज बिबर छन्। उनलाई २२० मिलियन (२२ करोड) बढी इन्स्टाग्राम प्रयोगकर्ताले फलो गरेका छन्।

बढी फलोअर्स भएको दशौँ स्थानमा भने क्लोई कार्दशियन परेकी छिन्। उनलाई २१९ मिलियन (२१ करोड ९० लाख)ले फलो गरेका छन्। उनी एक चर्चित मिडिया पर्सनालिटी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell