PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

थपिए १ हजार ९५७ जना संक्रमित, ११ जनाको मृत्यु



थपिए १ हजार ९५७ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ६९२ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएकामध्ये १५.४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो।

आरटी-पीसीआर परीक्षणबाट १ हजार १८४ र एन्टीजेन परीक्षणबाट ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ। साथै, कोरोना संक्रमणका कारण थप ११ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ७३ हजार ३४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell