सुर्खेत : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्।
२०५८ साउन २८ गते आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका कालिकोट महावै गाउँपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर वडा नं. १० बुदबुदे टोलमा बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
सुर्खेत जिल्ला अदालतबाट ०५८ भदौ १४ गते पुर्पपक्षका लागि कारागार पठाएको सिंह ०५८ माघ २ गते कारागारबाटै सुरुङ खनेर फरार थिए।
२०६५ मंसिर १३ गतेको फैसलाले २० कैद सजाय तोकिएको फरार अपराधी सिंहलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले माघ २४ गते पक्राउ गरेको हो। फक्राउ परेका फरार अभियुक्त सिंहलाई कैद भुक्तानका लागि कारागार पठाईएको छ।