PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ



बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं : बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै परेको निवेदन सर्वाच्च अदालतले दरपीठ गरेको छ। महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीव कुमार साहले बैशाख ३० गते निर्वाचन हुँदा आफ्नो पाँच वर्ष कार्यकाल कटौती हुने भन्दै निर्णय बदरको परमादेश माग गर्दै निवेदन दिएका थिए।

निवेदन बिना आधारको भएको भन्दै सर्वोच्चका रजिष्ट्रार नारायण प्रसाद पन्थीले दरपीठको आदेश जारी गरेका हुन्। 

‘स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा (२) बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिनेछ भन्ने प्रावधान रहेको र उल्लिखित प्रावधान यथावत रहिरहेको अवस्थामा निर्वाचन गर्ने गरी भएको निर्णयले निवेदकको नगरप्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रवल सम्भावना रहेको भनी बिना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन,’ आदेशमा उल्खेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell