PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

विधान सम्मत नेविसंघ गठनको माग गर्दै सानेपामा विद्यार्थी नेताहरुको धर्ना



विधान सम्मत नेविसंघ गठनको माग गर्दै सानेपामा विद्यार्थी नेताहरुको धर्ना

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा बस्दै छ। बिहीवार दिउँसो २ बजे कांग्रेस मुख्यालय सानेपामा बोलाइएको बैठकका लागि ३७ जनालाई मात्रै ‘इन्ट्री’ दिइएको बताइएको छ।

सो क्रममा विधान सम्मत नेविसंघ गठन गर्न माग गर्दै विद्यार्थी नेताहरु सानेपामा धर्नामा बसेका छन्। नेविसंघ नेतृत्व विहीन छ।

नेतृत्वलाई बुझाउन सडकमा बसेर विद्यार्थी नेताहरूले चित्र कोरिरहेका छन्। शीर्ष नेताहरूलाई बुझाउन झण्डा कोरेको नेविसङ्घका नेता नवराज त्रिपाठीले बताए।

विद्यार्थी नेताहरुले महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा हस्तान्तरण समेत गरेको छ। महामन्त्री शर्माले भातृ संगठनहरुको बारेमा नै बैठकमा छलफल हुन लागेकाले यसबारे समाधान निकालिने बताए।

बैठकमा म्याद समाप्त भएका भातृ संगठन तथा शुभेच्छुक संस्थाका विषयमा छलफल हुने बताइएको छ। यस्तै, पार्टीका बाँकी जिल्ला अधिवेशनहरुका विषयमा पनि छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell