PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘म यस्तो गीत गाउँछु २’ सँग रिलिज डेट जुधेपछि 'लप्पन छप्पन २' टिमको आपत्ति



‘म यस्तो गीत गाउँछु २’ सँग रिलिज डेट जुधेपछि 'लप्पन छप्पन २' टिमको आपत्ति

काठमाडौं : फिल्म ‘लप्पन छप्पन २’ टिमले नेपाल चलचित्र संघको निर्णयप्रति घोर आपत्ति जनाएको छ। आफ्नो फिल्म रिलिज हुने मितिमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट जुधाएपछि टिमले आपत्ति जनाएको हो।

‘लप्पन छप्पन २’ टिमबाट निर्माता निर्मलकुमार मिश्रले संघप्रति ध्यानाकर्षण पत्र निकाल्दै संघले पूर्वाग्राही रुपमा जानकारी नगराई आफ्नो फिल्म रिलिज हुने मिति ‘म यस्तो गीत गाउछुँ २’ लाई दिएको आरोप लगाएको छ।

‘लप्पन छप्पन २’ यसअघि नै फागुन १३ गतेको लागि रिलिज मिति तय गरेको थियो। तर सोही मितिमा नेपाल चलचित्र संघले ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने अनुमति दिएसँगै यो विवाद उठेको हो।

कोरोनाको दोस्रो लहरपछि संघले हल खोल्ने अनुमति दिएसँगै फिल्म रिलिज सम्बन्धि ६ बुँदे निर्णय सार्वजनिक गरेको थियो। जसमा एउटै डेटमा नेपाली फिल्म जुधाउन नपाइने नियम छ। साथै संघले सबैभन्दा पहिला संघमा निवेदन दिएर मिति बुकिङ गर्ने फिल्मलाई प्रदर्शनको अनुमति दिने बताएको थियो। जुन नियम आगामी वैशाख १ गतेसम्म लागू हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell