PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आफ्ना नागरिकलाई तुरुन्तै युक्रेन छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह, 'छिट्टै केही हुन सक्छ'



आफ्ना नागरिकलाई तुरुन्तै युक्रेन छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह, 'छिट्टै केही हुन सक्छ'
फोटो : Newsweek

अमेरिकी राष्ट्रपति जो बाइडेलनले युक्रेनमा बाँकी रहेका सबै अमेरिकी नागरिकलाई चाँडोभन्दा चाँडो देश छाड्न आग्रह गरेका छन्। रसियाले कुनै बेला आक्रमण गर्न सक्ने खतरा बढेको भन्दै बाइडेनले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्।

जुनबेला जे पनि हुन सक्ने भन्दै बाइडेनले आफू उद्धारका लागि सेना पठाउने तयारीमा नरहेको चेतावनीसमेत दिएका छन्।

रसियाले भने युक्रेनमा आक्रमणको कुनै तयारी नरहेको दाबी गर्दै आएको छ। यद्यपि पश्चिमा मुलुकले युक्रेनको सीमामा रसियाले एक लाख सेनाको जत्था तैनाथ गरिसकेको आरोप लगाउँदै आएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि यसपटक देशले दशककै ठुलो सुरक्षा चुनौति भोग्नुपरेको उल्लेख गरेका छ। अमेरिकी स्टेट डिपार्टमेन्टले पनि अमेरिकीहरुलाई चाँडो युक्रेन छाड्न आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell