
एमसीसी तातो राजनीतिक विषय हो यतिखेर। विरोधका स्वरहरु चर्कै चलिरहेको छ। बुझेर आन्दोलित हुनेहरु पनि छन्, लहलहैमा लाग्नेहरु पनि उत्तिकै छन्। रोचक त के भने यसलाई आफू अनुकूल व्याख्या गर्नेहरु धेरै छन्। घुर्क्याउनेहरु पनि उत्तिकै। पाए डीभी चिठ्ठा जिन्दावाद नपाए एमसीसी विरुद्ध आन्दोलन गर्नेहरु पनि देखिन्छन् यतिखेर। कि कसो?