PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ



जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

सुर्खेत : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर-७ घण्टाघरबाट पक्राउ गरेको प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिए। आवश्यक कारबाहीका लागि खड्कालाई अदालत पठाइएको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell