PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अनमोल र सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक



अनमोल र सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : फिल्म ‘ए मेरो हजुर ४’को टाइटल गीत सार्वजनिक भएको छ। ‘फूलको थुंगा’ बोलको गीतलाई बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो गीत फिल्म ‘ए मेरो हजुर’को ‘फूलको थुंगा’ बोलको गीतकै रिमेक भर्सन हो। गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ।

नयाँ भर्सनको गीतको शब्द रवि मल्लले लेखेका हुन्। साथै, उदयराज पौडेलले एरेन्ज गरेको गीतमा कल्याण सिंहले संगीत भरेका छन्।

गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देख्न सकिन्छ। रणमीय स्थानमा खिचिएको भिडियोमा अनमोल र सुहानाको रोमान्स देख्न सकिन्छ। झरना थापाको निर्देशन रहेको यो फिल्म आगामी बैशाख १ गते रिलिज हुनेछ।

‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए। बक्स अफिसमा फिल्मले राम्रो व्यापार समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell