PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

छापामार शैलीमै चिप्ल्याए त...



रवीन्द्र मानन्धर

छापामार शैलीमै चिप्ल्याए त...

मंसिर १५ गतेयता मुद्दा नहेरेको। रामशाह पथमा जाने, प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अनि फर्किने। बाहिर विरोध गर्ने बार कराइरहन्छ, म नसुने जस्तो गर्छु भन्दै बसिरहेका थिए चोलेन्द्र शमशेर जबरा। तर, अचानक उनको कुर्सीमाथि ‘छापामार’ शैलीमा आक्रमण भयो त्यो पनि सत्तारुढ दलबाटै। प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा ‘बार्गेनिङ’ गर्दै मन्त्री पद पाएको अभियोग लागेपछि विवादित बनेका जबरालाई महाभियोग लगाइयो। कुनै बेला सँगै बसेर गठजोड गरेका प्रधानमन्त्रीले आज जबरालाई सर्वोच्च बाहिर पुर्‍याइदिए, कुर्सी र शक्तिविहीन हुनेगरी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell