PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी



मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्।

केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने कार्य अघि बढिरहेको बताए। ‘पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले शुरु गर्नु भएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौ उपत्यकामा पथान्तरण गर्न पुनर्निर्माणको काम भईरहेको जानकारी दिन चाहन्छु,’ मन्त्री चौधरीले भने।

उक्त अवसरमा मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय, केयूकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच समन्वयात्मक कार्य गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री चौधरीले खानेपानीका स्रोत तथा मुहानहरुको संरक्षण गर्दै सुकेका मूलहरुमा पुनः मुल फुटाउन मन्त्रालयले ‘मूल फुटाउ अभियान’ यसै वर्षदेखि शुरु गर्ने जानकारीसमेत दिए। त्यसैगरी उनले उपत्यकावासीको पानीको अभावलाई कम गर्न वैकल्पिक व्यवस्थापनको लागि सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन शुरु भएको बताए।

केयूकेएलको लागि सबैभन्दा ठूलो चुनौति मागअनुसार खानेपानीको आपूर्ति गर्न नसक्नु नै रहेको मन्त्रीको भनाई थियो।

उनले खानेपानीको समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुल निर्धारण गर्न मन्त्रालयले महशुल निर्धारण आयोग गठन प्रकृया अगाडि बढाइएको बताए। मन्त्री चौधरीले भने, 'केयूकेएलले कर्मचारीहरुका जायज मागहरु पुरा गर्न यूनियनहरुसँग भएको सम्झौता अविलम्ब कार्यान्वयन गर्न र कर्मचारीले पनि आफ्नो पदिय दायित्व पुरा गर्नु हुनेछ भन्ने विश्वास लिएको छु। केयूकेएलले ग्राहकहरुलाई पानी नआएकोमा पानी नआएको महसुल बक्यौता र जरिवाना छुट र मिनाह गर्ने नीति तयार गरी तुरुन्त व्यवस्थापन गर्न जरुरी छ।’

मन्त्री चौधरीले नेपालमा उपलब्ध खानेपानीको गुणस्तरको नियमित जाँच गर्नु पर्ने आवश्यकता औंल्याउँदै उपभोक्ताहरुलाई प्रशोधित, शुद्ध र गुणस्तरिय पानी वितरण गर्न मन्त्रालयबाट विशेष अभियान संचालन गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell