PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कर्मचारी युनियनको महाधिवेशन फागुन २१ गते



कर्मचारी युनियनको महाधिवेशन फागुन २१ गते

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गतेबाट महाधिवेशन हुने भएको छ। कोरोना संक्रमण बढेपछि माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो। त्यतिबेलै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको थियो।

अवस्था सहज भएसँगै फागुन २१ बाट २३ गते सम्मका लागि अधिवेशन तय गरेको युनियनले जनायो। युनियनको आइतवार बसेको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell