काठमाडौं : हिजोमात्रै राप्रपा नेपालकाे अध्यक्ष बनेका कमल थापाले प्रधानन्यायाधीश प्रकरणमा तीन दलप्रति आलोचना गरेका छन्।
आज बिहान ट्वीट गर्दै थापाले प्रधानन्यायाधीश हटाउनुपर्ने बेला चुप बस्ने र अहिले एमसीसी सम्झौता पास गर्न कांग्रेसको स्वार्थ रहेको उल्लेख गरेका छन्। सभामुख जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउन नेकपा एकीकृत समाजवादीको स्वार्थ रहेको उनको टिप्पणी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका दलले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।
— Kamal Thapa (@KTnepal) February 14, 2022