PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

आजको मौसम बुलेटिन : राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना



आजको मौसम बुलेटिन : राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं : जाडो घट्दै जाँदा काठमाडौं उपत्यका पुन तुवँलो देखिन थालेको छ। केही दिन मौसम सफा हुने र पुन तुवाँलो देखिन क्रम जारी रहेको छ।

आज दिउँसो भने तुवाँलो खुल्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनायो। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

 

राती भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 'देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell