PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बाइडेन-जोन्सन ४० मिनेट कल : 'कूटनीतिक पहलबाटै रुसलाई धम्कीबाट पछि हटाउन सक्छौं'



बाइडेन-जोन्सन ४० मिनेट कल : 'कूटनीतिक पहलबाटै रुसलाई धम्कीबाट पछि हटाउन सक्छौं'

बीबीसी : युक्रेन संकट सुल्झाउन अझै पनि कूटनीतिक समाधानको आशा बाँकी रहेको बेलायत र अमेरिकाले बताएका छन्। तर उनीहरुले परिस्थिति खस्किरहेकामा चासो राखेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ४० मिनेट भएको फोन वार्तामा युक्रेन समस्याका विषयमा कुराकानी भएको थियो। रुसले सैन्य कारबाहीको चेतावनी दिइरहे पनि अझै सम्झौता सम्भव रहेकामा उनीहरु सहमत भएका थिए।

रुसले भने युक्रेनमा आक्रमण गर्ने आरोपलाई अस्वीकार गर्दै आइरहेको छ। यद्यपि उनसले युक्रेन सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरिसकेको छ।

कूटनीतिक पहलबाटै रुसलाई धम्कीबाट पछि हटाउन सकिनेमा वार्ताका दुवै नेतृत्व सहमत भएका थिए। रुसको कुनै पनि घुसपैठले उसलाई र विश्वालाई नै संकटमा पार्ने उनीहरुको भनाइ थियो। 

बेलायती प्रधानमन्त्री जोन्सनले संकट समाधानका लागि आफू सहयोग गर्न तयार रहेको बताएका थिए। बाइडेनले पनि यसमा बेलायतको साथ आवश्यक रहेको जवाफ दिएका थिए।

युक्रेनमा संकट निम्तिएपछि करिब एक दर्जन देशले आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी जारी गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell