PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी



कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। माघ २७ बाट जारी केन्द्रीय कार्यसम्पादन बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको ९ बुँदे प्रस्तावमा छलफल जारी रहेको छ।

बाँकी रहेका जिल्ला अधिवेशनको मिति तोक्ने, भ्रातृ संगठनबारे निर्णय गर्ने र स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक राखेको थियो। कांग्रेसले १६ जिल्लामा बाँकी रहेको जिल्ला अधिवेशन फागुन १३ गते गर्ने तय गरिसकेको छ।

बैठकको एजेन्डामा नभए पनि पहिलो दिनको बैठक मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी परियोजनाबारे छलफलमा बितेको थियो। सत्ता गठबन्धनकै दलकै केही नेताको विरोधका बावजुद् कांग्रेसले एमसीसी जसरी पनि संसदमा टेबल गराउने लक्ष्य राखेको छ। कार्यसम्पादन बैठक जारी रहँदा सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।

योसँगै राजनीतिक माहोल तातेको कांग्रेस नेताहरु बताउँछन्। प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव आएसँगै कांग्रेस संसदीय दलको बैठक पनि आज बस्दैछ। बैठकमा कतिपय नेताले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने आवाज उठेको छ। यद्यपि कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने संकेत देखिन्छ। सोमवार काभ्रेको बनेपा पुगेका कांग्रेस महामन्त्री गगन थापाले स्थानीय निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने बताएसँगै कांग्रेसमा नयाँ तरंग फैलिएको हो।

योसँगै कांग्रेसले म्याद सकेका भ्रातृ संगठनहरुको विषयमा पनि टुंगो लगाउनुपर्ने हुन्छ। यिनै विषयमा आजको बैठकमा छलफल चल्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell