PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बुटवलमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु



बुटवलमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु
प्रतीकात्मक स्केच

बुटवल : बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी एक जना गम्भीर घाइते भएका छन्।

मंगलवार बिहान बुटवल–१२ मिलनचोकमा तीन जना सवार लु ६० प ३६५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफीक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका रुपन्देहीको गैंडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको खाँणले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालक गैंडहवा गाउँपालिका–९ कै २१ वर्षीय बिमल रानाको प्रादेशीक अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell