काठमाडौं : नेपाली कांग्रेसले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको निर्णयलाई स्वागत गरेको छ। कांग्रेस केन्द्रीय सम्पादन समितिको मंगलवार सम्पन्न बैठकले यस्तो सरकारको निर्णयलाई स्वागत गर्दै निर्वाचनको माहोल बनाउन अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ।
'स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ,' बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणा पत्रका लागि समितिसमेत गठन गर्ने निर्णय गरेको छ। यसैगरी कांग्रेसले स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न अभियान सञ्चालन गर्ने जनायो। ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अघि बढाएर पार्टीको सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्था सम्पूर्ण रुपले एक्यवद्ध भएर सहभागी हुने निर्णय गरिएको छ,' बैठकपछि जारी विज्ञप्तमा भनिएको छ।
यो अभियाने फागुन २० देखि चैत २० सम्म सञ्चालन हुने कांग्रेसले जनायो।