PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बाहिर एमसीसीको विरोध, प्रतिनिधिसभामा पेश नै भएन प्रस्ताव : शुक्रवारसम्म बैठक स्थगित



बाहिर एमसीसीको विरोध, प्रतिनिधिसभामा पेश नै भएन प्रस्ताव : शुक्रवारसम्म बैठक स्थगित

काठमाडौं : प्रतिनिभिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधबिच प्रतिनिधि सभा बैठक सुरु भएको थियो।

आफूले कारबाही गरेका सांसदहरुलाई हटाउन माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ। एमालेको अवरोधबिच बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए।

यस्तै, बैठकमा तीन पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पेश गरिएको थियो।

शोक प्रस्ताव पारित भएपछि सभामुख अग्नि सापकोटाले शुक्रवार दिउँसो १ बजेसम्‍मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए।

आजको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश हुने बताइएको थियो। तर, सत्तारुढ गठबन्धनमा नै एमसीसीलाई लिएर मतभेद हुँदा आजको कार्यसूची एमसीसी परेन।

एमसीसी पेश गर्न लागेपछि संसद् भवन बाहिर प्रदर्शन भइरहेको छ। सत्तारुढ दल नै एमसीसीको विरोधमा सडकमा ओर्लिँदा आज प्रस्ताव अघि बढ्न नसकेको हो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको भेटमा एमसीसी पेश नगर्ने निर्णय भएको थियो। सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरे पछि माओवादी केन्द्रको बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। माओवादीका प्रमुख सचेतक देव गुरुङले गठबन्धनमा सहमति नभइ एमसीसी पेश भए गठबन्धन तोडिने र आफूहरु सरकारबाट बाहिरिने बताएका थिए। माओवादीले संसदमा एमसीसी पेश गर्न तीनवटा शर्तहरु अघि सारेको थियो।

बैठकपछि प्रचण्ड र देउवाबिच भेट भएको थियो। भेटमा एमसीसी आज अघि नबढाउने सहमति भएको हो।

एमसीसी बारे निर्णय लिन दुई नेताबिच भोलि सत्तारुढ गठबन्धनको बैठक बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell