PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने



गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने

पोखरा : गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने निर्णय गरेको छ। आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव समारोहमा प्रदेश सरकारले सो निर्णय सार्वजनिक गरेको हो। समारोहमा घोषणा गर्दै प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले म्याग्दीका पुनलाई गण्डकी रन्तबाट सम्मानित गर्ने बताएका हुन्।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट आएको महावीर पुनको नाम अनुमोदन गरेको हो। प्रत्येक वर्ष तीन जनालाई सम्मान गर्ने भनिएपनि शुरुको वर्ष एक जनालाई मात्र सम्मान गर्ने निर्णय बैठकले गरेको थियो।

गत पुष २६ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धि कार्यविधि-२०७८’ स्वीकृत गरेको थियो। जस अन्तर्गत प्रत्येक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने योजना प्रदेश सरकारको थियो।

गण्डकी रत्नका लागि आन्तरिक मामिला मन्त्रालयले १५ दिने सूचना जारी गर्दै आवेदन मागेको थियो। जसमा ८ जनाले आवेदन समेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell