PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एमसीसीको विरोध गर्न पुगेका पाँच दर्जन बढी नेता कार्यकर्ताहरु पक्राउ



एमसीसीको विरोध गर्न पुगेका पाँच दर्जन बढी नेता कार्यकर्ताहरु पक्राउ

काठमाडौं : निषेधित क्षेत्र तोड्दै संसद् भवन अगाडि विरोधका लागि पुगेका एमसीसी विरोधी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्।

प्रहरीसँगको झडपमा घाइते भएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र निरन तुलाधरलाई वीर अस्पतालमा लगिएको छ।

प्रहरीले पीवीएम दिनेश शर्मा सागर, फुर्नाम्गेल मोक्तान, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, बसन्त बोगटी लगायत पाँच दर्जन बढी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले जानकारी दिए।

त्यस्तै, चावहिलबाट बन्द गराउँदै हिँडेका नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी लगायत ७ जनालाई गिरफ्तार गरेको छ। पक्राउ सबैलाई पुलिस क्लबमा राखिएको छ। प्रहरीले उनीहरूलाई विजुली बजारबाट नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell