PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सत्तारुढ गठबन्धनको बैठक बस्दै, जुट्ला एमसीसीमा सहमति?



सत्तारुढ गठबन्धनको बैठक बस्दै, जुट्ला एमसीसीमा सहमति?
फाइल फोटो

काठमाडौं : एमसीसीसँगको सम्झौताका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो।

हिजो संसदमा एमसीसी सम्झौता टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरे पनि गठबन्धनका अन्य दल सहमत हुन नसकेपछि यत्तिकै रोकिएको थियो। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार गठबन्धनको बैठक बोलाउने सहमति भएअनुसार आज एमसीसीका विषयमा छलफल हुन लागेको हो।

माओवादी संसदीय दलको हिजो बैठकले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। उसले एमसीसी संशोधनबिनै पास गरे सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको थियो। गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा छ।

सत्ता साझेदार दल नै सहमतिमा नआएपछि प्रधामन्त्री देउवालाई दबाब बढेको छ। अमेरिकाले फागुन १६ सम्ममा एमसीसी सम्झौता अनुमोदन हुनुपर्ने समयसीमा तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell