PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मूल्यवृद्धि खारेजीको माग गर्दै युवा संघ र युथ फोर्स सडकमा, मन्त्री र सभामुखविरुद्ध नाराबाजी

मूल्यवृद्धि खारेजीको माग गर्दै युवा संघ र युथ फोर्स सडकमा, मन्त्री र सभामुखविरुद्ध नाराबाजी


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट भ्रातृ संगठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन्। मूल्यवृद्धि खारेजीको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्सले आज दिउँसो बानेश्वरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले मूल्यवृद्धि खारेजीको मागसहित भ्रष्टाचार अन्त्य लगायतका माग राख्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र सभामुख अग्नि सापकोटा विरुद्ध नाराबाजी समेत गरेका थिए।

यसअघि पनि युवा संघले विभिन्न रचनात्मक विरोध प्रदर्शन गरेको थियो। आज उनीहरुले सडकको बिचमा चिया पकाएर, पेट्रोल बेचेर तथा मोटरसाइकल र स्कूटर बाटोमा राखेर साङ्केतिक रुपमा प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell