PahiloPost

May 15, 2024 | २ जेठ २०८१

एमसीसीबारे एकीकृत समाजवादी अनिर्णित, विद्यार्थी संगठन भने उग्ररुपमा सडकमा

एमसीसीबारे एकीकृत समाजवादी अनिर्णित, विद्यार्थी संगठन भने उग्ररुपमा सडकमा


काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा संसद भवन बाहिर विभिन्न समूहहरुले प्रदर्शन गरिरहेको छ। त्यसमा सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन पनि देखिएको छ।

सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीमा आधिकारिक धारणा बनाउउन समय मागेको एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एमसीसीको विरोधमा सडकमा ओर्लिएको हो। 

अनेरास्ववियुले बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो। सो क्रममा प्रदर्शनकारीहरुले 'एमसीसीको शव' बनाएर जलाएका थिए।

दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी आज पनि पेश भएन। प्रतिनिधिसभाको बैठक  फागुन ८ गतेसम्मको लागि स्थगित भएको छ। एकीकृत समाजवादीले पनि फागुन ८ गतेसम्मका लागि सत्तारुढ गठबन्धनमा समय मागेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell