PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सर्लाहीबाट पनि दिन थालियो ई-पासपोर्ट



सर्लाहीबाट पनि दिन थालियो ई-पासपोर्ट

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ। राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो। 

ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई ई–पासपोर्ट वितरण उपलब्ध गराइने प्रशासनले जनाएको छ। लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ। विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ।

एमआरपीका तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ। जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell