PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

अहमदाबाद बम विस्फोट : ३८ जनालाई मृत्युदण्ड, ११ लाई आजीवन कारावास



अहमदाबाद बम विस्फोट : ३८ जनालाई मृत्युदण्ड, ११ लाई आजीवन कारावास

अहमदाबाद : गुजरातको अहमदाबादस्थित विशेष अदालतले फेब्रुअरी १८, २००८ मा भएको शृंखलाबद्ध बम विस्फोटका घटनामा संलग्न ३८ जना दोषीलाई शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ।

अदालतले गैरकानूनी गतिविधि रोकथाम ऐन र आईपीसी धारा ३०२ को प्रावधानअन्तर्गत ४९ दोषीमध्ये ३८ लाई मृत्युदण्डको सजाय सुनाएको हो। बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ।

न्यायाधीश एआर पटेलले विस्फोटमा मारिएकाका प्रत्येक परिवारलाई एक लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने आदेश पनि दिएका छन्। यसअघि ८ फेब्रुअरीमा उनले हत्या, देशद्रोह र भारतविरुद्ध युद्ध छेड्ने ४९ जनालाई दोषी ठहर गरेका थिए।

जुलाई २६, २००८ मा अहमदाबादस्थित सरकारी सिभिल अस्पताल, एलजी अस्पताल, पार्किङ गरिएका बस, मोटरसाइकल, कार र र अन्य ठाउँमा शृंखलाबद्ध विस्फोट गराइएको थियो। सो घटनामा ५८ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell