PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

देव गुरुङले एमसीसी संसदमा आउनु आपत्तिजनक भन्दा प्रचण्डको छेवैमा बसेर महराले ठोके टेवल



देव गुरुङले एमसीसी संसदमा आउनु आपत्तिजनक भन्दा प्रचण्डको छेवैमा बसेर महराले ठोके टेवल

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदमा टेबल हुन लागेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङले प्रतिपक्षी दल नेकपा एमालेले ६ महिनादेखि अवरोध गरिरहेको बेला महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए।

'सदन अवरोध ६ महिनादेखि भइरहेको छ। सदन अवरोध भइरहेको अवस्थामा महत्वपूर्ण विधेयकहरु अघि बढ्न सक्दैन। एमसीसी सम्झौतामा रहेका प्रतिकुल प्रावधान संसोधन गर्नुपर्छ भन्ने दलको धारणा हो,' उनले भने। गुरुङले संविधान प्रतिकुल रहेकाले एमसीसी संशोधन बिना अघि बढ्न नसक्ने धारणा राखे।  

'संघीय ऐन २०४७ संग पनि मेल खादैन। विगत कालमा कुनै पनि सम्झौता सदनमा टेबल भएको छैन। सदनमा आउने जुन कुरा भएको छ सामान्य मान्यताभन्दा पनि भिन्न भएकाले राष्ट्रिय सहमति जुट्न पर्छ। यस प्रक्रियाप्रति गम्भीर आपत्ति प्रकट भएको छ,' गुरुङले भने। गुरुङले यसो भन्दै गर्दा पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महराले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिकै बसेर गुरुङको भनाईलाई समर्थन गर्दै टेबल ठोकिरहेका थिए। माओवादीले यथास्थितिमा एमसीसी पास हुन नहुने धारणा राख्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell