
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको धम्कीपछि संसद्मा सरकारले अघि बढाएको भन्दै विरोध जनाएका छन्। उनले एमसीसीमा हस्ताक्षर गर्ने मन्त्रीले पनि स्पष्टिकरण दिनुपर्ने बताए।
उनले अमेरिकी फासिवाद नेपालमा किन ल्याउन लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे।
'यस्तो सम्झौता यहाँ पारित गर्नु हुँदैन। व्यापक राजनीतिक सम्झौता भनेर लेखेको छ यो झुटो हो,' उनले भने।
अमेरिका र नेपालको सम्झौतामा भारतको सहमति चाइने भन्दै उनले एमसीसी नेपालको हित प्रतिकूल भएको बताए। उनले नेपाल सरकारले सम्झौता गर्न नमिल्ने बताए।
'५० करोड डलरले सुख हुने रे। अमेरिका स्वतन्त्रता आन्दोलनका बेला एक लाख अमेरिकालाई बेलायत धपाइएको थियो। यसबाट नेपालले सिक्नु पर्छ,' सुवालले भने।
उनले एमसीसी सम्झौता गर्नेले ध्यान दिनुपर्ने बताए।