PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

दुर्गा पौडेलको आरोप : एमसीसी पारित गर्न लागेर सरकार राष्ट्रियताप्रति संवेदनशील भएन



दुर्गा पौडेलको आरोप : एमसीसी पारित गर्न लागेर सरकार राष्ट्रियताप्रति संवेदनशील भएन

काठमाडौं : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्नुपर्ने बताएकी छन्। उनले एमसीसी कार्यसूचिबाटै खारेज गर्नुपर्ने बताइन्। संसद्मा एमसीसी टेबल गर्नै आवश्यक नभएको धारणा उनले व्यक्त गरिन्।

'एमसीसी संसद्मा टेबल गर्न आवश्यक थिएन। यो एमसीसी कुनै पनि प्रावधानबाट टेबल गर्न हुदैन। यसलाई खारेज गर्नुपर्छ। कसैको दबाब सैह्य हुने छैन्,' पौडेलले भनिन्।

विकासका नाममा कुनै देशले राष्ट्रियतामाथि हस्तक्षप गरेर दिने सहयोग लिन नहुने उनको भनाइ थियो। सरकार राष्ट्रियताप्रति संवेदनशील नभएको उनले बताइन।

उनले भनिन्, 'आफ्नो देशलाई जोगाउने जनताले होइन। सरकारलाई मद्दत चाहियो भने विकासका लागि आधा पेट खाएर लगानी गर्न तयार छौँ। एमसीसी कुनै पनि हालतमा टेबल गर्न हुदैन। पैसा केही पनि होइन। यस्तो जटिल परिस्थितिमा सरकारलाई चाहिएको सहयोग हामी गर्न सक्छौँ। आज जनता सडकमा उत्रिएको छ। राष्ट्रियताको सवालमा गम्भीरता सरकारको खोइ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell