PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

मने सडक पनि आफ्नै, सत्ता पनि आफ्नै : मने लाठी पनि आफ्नै, ढाड पनि आफ्नै



रवीन्द्र मानन्धर

मने सडक पनि आफ्नै, सत्ता पनि आफ्नै : मने लाठी पनि आफ्नै, ढाड पनि आफ्नै

मने परिस्थित अनुकूल भएन भने आफू परिस्थित अनुकूल हुनै पर्‍यो। सत्ता जोगाउनै  पर्‍यो, सडक तताउनै। कार्यकर्तालाई एमसीसी गलत भनेकै हो। अमेरिकालाई पास गर्छौं पनि भनेकै हो। अब कार्यकर्तालाई पास गर्छु र अमेरिकालाई एमसीसी गलत कसरी भनौं त?

एक किसिमले बलिङ पनि ब्याटिङ पनि गरेकै हो। मने, राजनीतिको अलराउन्डर बन्न सजिलो छैन! जो कसैले सक्छ यस्तो? ढुंगा हान्न पनि लगाउन सक्ने, ढुंगा हान्नेलाई लाठीदेखि रबरको गोलीसम्म ठोक्न पनि अह्राउन सक्ने? प्रधानमन्त्रीसँग मिलेर एमसीसी टेवल गराउन पनि सक्ने, देव गुरुङलाई लगाएर त्यसकै विरुद्ध नारा लगाउन पनि सक्ने। अनि ढाडमा लाठो भेटेका कार्यकर्ताको पक्षमा वक्तव्य पनि दिन सक्ने। 

मने राजनीतिमा यस्तो क्षमता जो कसैको छ? त्यस्ता भएका भए - प्रचण्डको औचित्य कसरी हुन्थ्यो त? नविन प्रचण्डपथ कस्तो लाग्यो त - सत्ता पनि आफ्नै, सडक पनि आफ्नै, लाठी पनि आफ्नै, ढाड पनि आफ्नै। कि कसो? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell