PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

दुई वर्षपछि विदेशी यात्रुका लागि अस्ट्रेलियाले खोल्यो सीमा



दुई वर्षपछि विदेशी यात्रुका लागि अस्ट्रेलियाले खोल्यो सीमा
Photo : GETTY IMAGES

अस्ट्रेलियाले कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रिय सीमा खोलेको छ। २०२० मार्चदेखि अस्ट्रेलियाले बन्द गरेको आफ्नो सीमा विदेशी पर्यटकका लागि खोलेको हो।

गत वर्ष अस्ट्रेलियाले आफ्ना नागरिकसँगै अन्य केहीलाई देशमा आउन दिएको थियो। तर, विदेशी पर्यटकका लागि अस्ट्रेलिया करिब दुई वर्षसम्म बन्द थियो। यस्तै, अस्ट्रेलियामा रहेका पर्यटकहरु पनि स्वेदश फर्किन पाएका थिएनन्।

सीमा खोले पनि यात्रुहरुले स्वास्थ्य मापदण्ड पालना भने गर्नुपर्नेछ। कोरोनाविरुद्धको खोपको दुई डोज भ्याक्सिन लगाएकाहरु क्वारेन्टाइन बस्नुपर्ने छैन। तर, भ्याक्सिन नलगाएकाहरुले भने उनीहरुकै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ।

सोमवारमात्रै ५० वटा अन्तर्राष्ट्रिय उडानहरु अस्ट्रेलियामा ल्याण्ड गर्ने तालिका रहेको छ। यात्रुहरु वेस्टर्न अस्ट्रेलियाबाहेकका अन्य राज्यहरुमा जान पाउनेछन्। वेस्टर्न अस्ट्रेलिया मार्च ३ सम्म बन्द छ।

अस्ट्रेलियाको यो कदमले त्यहाँको पर्यटकीय गतिविधि बढ्ने र पर्यटन उद्योगलाई टेवा पुग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell