PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कांग्रेस वाग्मती प्रदेशले एमसीसीबारे जनचेतनामूलक कार्यक्रम गर्ने



कांग्रेस वाग्मती प्रदेशले एमसीसीबारे जनचेतनामूलक कार्यक्रम गर्ने

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेशले एमसीसीबारे स्थानीय तहहरुमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।

आइतवार बसेको कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको दोस्रो बैठकले जल्दोबल्दो विषय एमसीसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय निकायमा पठाएर जनतालाई बुझाउने निर्णय गरेको हो।

दोस्रो पूर्ण बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ।

त्यस्तै, आगामी दिनमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मतसंख्या सहितको डाटा संकलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्लामा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय भएको छ।

यसैगरी, बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति तथा विभागका सदस्यहरुको मासिक लेवी तोकेको छ भने कांग्रेस वाग्मती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell