PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पृथ्वीनारायण शाहले कालु पाँडेले भनेको नमान्दा कीर्तिपुरमा पराजित हुनुपर्‍यो : केपी ओली



पृथ्वीनारायण शाहले कालु पाँडेले भनेको नमान्दा कीर्तिपुरमा पराजित हुनुपर्‍यो : केपी ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले कालु पाँडेले भनेको नमान्दा कीर्तिपुरसँगको युद्धमा हार्नुपरेको बताएका छन्। चन्द्रागिरि नगरपालिका वडा १ मा रहेको पाँडेको समाधिस्थलमा पुगेर ओलीले शाहले पाँडेको युद्ध सम्बन्धिको विश्लेषण नमानेको दाबी गरे।

उनले भने, 'पाँडेको युद्ध सम्बन्धी विश्लेषण पृथ्वीनारायणले मानेको भए, ढिपी नगरेको भए कीर्तिपुरमा हार्नुपर्ने थिएन र पाँडेको ज्यान पनि जाने थिएन।' 

शाह महान भए पनि गल्ती नै गर्दैन थिए भन्ने भनाइ सत्य नभएको ओलीले बताए।

'एकीकरणको नेतृत्व गरेका थिए तर गल्ती नै गर्दैनन् भन्ने कुरा सत्य होइन। कीर्तिपुर हान्न जाँदा ५ हजार तयार भएर बसेको ठाउँमा १२ सय लिएर जानु भनेको मुर्खता हो,' उनले भने। 

कीर्तिपुरको युद्धमा कालु पाँडे काटिएको र पृथ्वीनारायण गिरफ्तार भएकोमा थुनिएको ठाउँबाट भेष बदलेर भागेको ओलीले बताए।

'पृथ्वीनारायण शाह गिरफ्तार भए र राखिएको ठाउँबाट जोगीको भेष गरेर भागे। यसरी एकीकरण अभियानले धक्का खाएको थियो,' उनले भने।

उनले युद्धमा नेतृत्व गरेका र शासकहरुको मात्रै सालिक बनेको बताए। १२ सय भन्दा बढीको ज्यान गएको भए पनि पाँडेको मात्रै सालिक बनेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell