PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, राजधानी कीभ लगायतका शहरमा विस्फोट



पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, राजधानी कीभ लगायतका शहरमा विस्फोट
Photo : Ukrainian President’s Office

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो।

कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट भएका छन्। खार्किभ, मारियुपोल, माइकोलाइभ र ओडेसा शहरमा पनि विस्फोटका खबर आइरहेका छन्।

युक्रेनी स्थानीय अधिकारीहरूले मिसाइल हमला भएको बताएका छन्। तर हताहतीको विवरण भने आइसकेको छैन। रुसी सेनाले रुस समर्थक पृथकतावादीले नियन्त्रणमा लिएका क्षेत्र प्रवेश गरे या नगरेको अझै पुष्टि हुन बाँकी छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको निन्दा गरेका छन्। उनले विश्वले रुसलाई जवाफदेही बनाइछाड्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell